सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?
१० चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार ११:२२