आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
८ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँ कायम थियो ।
प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार ११:०१