चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
६ चैत, काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।
प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १३:०५