३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

नेपाल कमर्श र महेन्द्ररत्न ताहचलसहित ८९ क्याम्पसमा विजयी हुँदै अनेरास्ववियु पहिलो

६ चैत, काठमाडौँ । काठमाडौँका दुई ठूला क्यम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुले जित निकालेको छ । महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुक ईश्वर थापाको प्यानलनै विजयी भएको छ भने नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी हुनुभएको छ ।

रोकाहा एक हजार ५३ मतसहित सभापतिमा विजयी हुनुभएको हो । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत प्राप्त गर्नुभयो । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी ९घोडासैनी०ले १७९ र अखिल समाजवादीका सलुन खड्का ९रकेट०ले ५७ मत प्राप्त गर्नुभयो ।

सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार सुशील खड्का विजयी हुनुभएको छ । अनेरास्ववियुका दिपक कुमार यादव, मौसम आचार्य, कृतिका बडाल, रिदम थापा, अनुप कँडेल, लोकेश बुढा र रेजिना कडरिया हुनुभएको छ भने नेविसंघका रंधीर कुमार मिश्र पनि विजयी हुनुभएको छ ।

अहिलेसम्म ८९ क्याम्पसमा स्ववियुको नेतृत्वमा विजयी हुँदै अनेरास्ववियु पहिलो भएको छ । दोस्रोमा अनेरास्ववियु क्रान्तिकारी रहेको छ भने नेविसंघ तेस्रो भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार ०८:२०