क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
५ चैत, काठमाडाैं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीकाे आइपीओ आज बिहान बाँडफाँड सम्पन्न भएको हो । यतिबेला कम्पनीको आईपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो । अहिले यस्तै चासोको बिषयमा रहको छ क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १००.८६ रुपैयाँदेखि अधिकतम ३०२.५८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । क्रेष्ट माइक्रो लाइफको आर्थिक वर्ष २०७९/८० को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८६ रुपैयाँ रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०२.५८ रुपैयाँ हुन्छ ।
प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १६:०४