सेयर बजारको गिरावट कायमै, घट्दै कारोबार रकम
४ चैत, काठमाडौं । साताको दोस्रो कारोबाको दिन सोमबार पनि सेयर बजारको गिरावट कायमै रहेको छ । सोमबार पनि बजार दोहोरो अंक घटेको हो । यस दिन बजार १०.१४ अंकले घटेर बजार परिसूचक २ हजार ७०४.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ५७ हजार ५८५ पटकको कारोबारमा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँबराबरको ९९ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ४३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
प्रकाशित मिति : March 17, 2025 at 3:19 pm









