आज कति छ सुनको मूल्य ?
४ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । यस दिन सुनको भाउ आइतबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १०:५७