१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

४ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । यस दिन सुनको भाउ आइतबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : March 17, 2025 at 10:57 am