५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

राष्ट्रपतिबाट चारवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आइतबार संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ( इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 17:29