१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

२१.६३ अंकले घट्यो नेप्से, ६ अर्ब ८३ करोड बढीको कारोबार

३ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबारको दिन गत बुधबार सामान्य अंकले बढेर बन्द भएको नेप्से, यस दिन घटेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा झरेर बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : March 16, 2025 at 3:27 pm