कलंकीमा युवकमाथि खुकुरी प्रहार गर्ने नुवाकाेटका सुशील पक्राउ
१ चैत, काठमाडौँ । कलंकीमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुई पिपल देउराली घर भइ काठमाडौँको बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङ छन् । उनलाई खकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
उनले फागुन २९ गते साँझ करिब ६ बजेतिर कलंकीस्थित सिता पेट्रोल पम्प अगाडिको सडकमा मोरङको कटारी गाउँपालिका–४ घर भएका ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेका थिए ।
राईविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार १८:०५