मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरू
२८ फागुन, काठमाडौँ । जापान सरकारको सहयोगमा निर्माणधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने मन्त्री परिषद्ले निर्णय गरेको छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज २०८१ फागुन २६ गतेको बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।
सञ्चार मन्त्रालयमा पत्रकारसम्मेलन मार्फत मन्त्री गुरुङले सरकारले गरेका २५ वटा निर्णय सार्वजनिक गर्नुभएको हो । जसमा भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान—प्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने सरकारले निर्णय गरेकोछ ।
त्यस्तै, क्वालीटि टिभीइटी फर युथस्(क्वालीटिटिभि) प्रोजेक्ट, फेज आई कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम १.६८ मिलियन स्वीस फ्रैँक(करिब नेपाली २५ करोड ६५ लाख रुपैया बराबर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्सचेन्ज अफ लेटर मा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेकाे छ ।
मन्त्रीपरिषद् बैठकका यस्ता छन् अन्य निर्णयहरूः
-विश्व बैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प(आरआरओ) स्थापना गर्नको लागि उल्लिखित आयोजनाहरुको वित्तीय सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने,
-२०८१ चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसिप एन्ड लिभरेजीङ द ग्लोबल एसआइए नेटर्वक कार्यक्रम र २०८१ चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालीत हुने आइडिआइएडीबी लिडरसिप फोरम कार्यक्रममा सहभागीताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृत प्रदान गर्ने,
-विश्व बैंकको वित्तिय सहयोगमा कार्यान्वयनमा रहेको रणनितिक सडक सञ्चालन तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तिय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरुलाई अन्तिम रुप दिन अख्तियारी प्रदान गर्ने,
-२०८१ चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालीत हुने एजुकेशनल वर्कसप अन सिस्टम अफ अडिट क्वालीटि म्यानेजमेन्ट कार्यक्रममा सहभागीताका लागि उपमहालेखापरीक्षक बैकुण्ठ बहादुर अधिकारीलाई स्वीकृत प्रदान गर्ने,
-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम संघ, प्रदेश, स्थानीय तहबिच रोयल्टी बाँडफाँटका आधार, विधि र हिस्सा स्वीकृत गर्ने,
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएन्डएम) गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेकाे छ ।
-२०८१ चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६ औँ एनआरएन युरो रिजनल कन्फ्रेन्स मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृत दिने
-भागीरथी भट्टराई(ज्ञवाली), काठमाडौँलाई विद्युत नियमन आयोजनाको सदस्य पदमा नियुक्त गर्ने,
-रेट एनलाइसिस नर्मस फर वर्कस् २०८१ स्वीकृत गर्ने,
-आर्थिक वर्ष २०८१⁄८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत सञ्चालीत उच्च मुल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडाैँको लागि अधिकृतस्तरका ८ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने,
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डे, लमजुलङलाई नियुक्त गर्ने,
अनुचित लेनदेन(मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्इ रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०८१ गठन गर्ने,
गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने, जिल्ला समन्वय समितिको नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गा.वि.स वडा नं. ९ ग को क्षेत्रफल ०—६—०—०(छ आना) सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने,
जग्गा प्रशासन निर्देशिका, २०२५ र भू—सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने समेत सरकारको निर्णय छ ।
मिति २०८१ चैत २१ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पेटेरेसबर्ग क्लाइमेट डाइलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई स्वीकृत प्रदान गर्ने,
वडीचौर—विम्रेनी—बावियाचौर—विद्यापुर सडक निर्माणको लागि सुर्खेत जिल्लाको वराहताल गाँउपालिका वडा नं. २,५,६,७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १०.३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने,
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव(प्रा) डा. बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मको लागि कामकाज गर्न खटाउने,
नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने, कान्ति बाल अस्पताल भवन पुननिर्माण कार्यलाई विशेष परियोजनाको रुपमा कार्यान्व्यन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृत दिने,
चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान(वस्तुगत सहायता) स्वरुप प्रदान गर्ने ५० थान इलेक्ट्रीक भेकल स्वीकृत गर्न स्वीकृत प्रदान गर्ने, स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा. रघुराज काफ्ले, तनहुँलाई नियुक्त गर्ने निर्ण रहेकोछ ।
प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार १९:३०






