५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

राजतन्त्रको हल्ला माथि विष्णु रिमालको टिप्पणी, ‘रक्त शुद्धता र वंश-परम्परा’को कुरा नश्लिय पाखण्ड

२५ फागुन, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य सल्लाहकार विष्णु रिमालले पनि राजतन्त्र र राजाका बारेमा चलिरहेको हल्ला र भ्रममाथि आफ्नो टिप्पणी प्रस्तुत गर्नुभएको छ । जनआन्दोलनको तस्बिर सहित मुख्य सल्लाहकार रिमालले फेरि राजतन्त्रको बहस सिर्जना गराउनेहरूमाथि टिप्पणी गर्दै भन्नुभएको छ, “रक्त शुद्धता र वंश-परंपरा”को कुरा नश्लिय पाखण्ड हो ।

यस्तो छ उहाँको टिप्पणी

यिनीहरू नै थिए त !
अढ़ाई सय बर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता “राम-राज्य”का संचालक यिनीहरू नै थिए हैन र ?
अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजा सहित सिङ्गो वंशलाई
“उनीहरूद्वारा-उनीहरूका लागि – उनीहरूले नै” खरानी बनाएका हैनन् र?
“एयरपोर्ट जाऔं- स्वागत गरौं” भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको “गोल्डेन डेज”आयो भन्दै ती “डेज”मा “गोल्ड”को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र?!
“रक्त शुद्धता र वंश-परंपरा”को कुरा नश्लिय पाखण्ड हो !
अंग्रेज़ीमा एउटा भनाई छ नि- “फर्गिभ- वट नट फर्गेट!”
[फोटो साभार सामाजिक संजालः जनआन्दोलन ०६२/६२]

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १४:१५