उषाको कुरा गर्दै एमाले नेता केशवराज पाण्डेले भने ‘मैले त खुट्टामै ढोगें’
२५ फागुन, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज केशवराज पाण्डेले अर्का केन्द्रीय सदस्य (निलम्बित) उषाकिरण तिमल्सिनाका नाममा सामाजिक सञ्जाल मार्फत पत्र लेख्दै कमल थापादेखि जनार्दन ढकालसम्मको बारेमा जवाफ दिने प्रयास गर्नुभएको छ ।
उहाँले व्यक्तिगत छलफल गरेको भए पनि हुने भन्दै सार्वजनिक रूपमै जवाफ दिएको बताउनुभएको छ । उहाँले रसुवाको सन्दर्भ उल्लेख गर्दै भन्नुभएको छ, ‘यदि रसुवाको बारेमा अन्यथा सोच्नु भएको हो भने, नेपालीको भनाई छस् खुट्टामा ढोग्न मात्र बाँकी राखे तर मैले त खुट्टामै ढोगें ।’
यस्तो छ पाण्डेले फेसबुकमा गर्नुभएको टिप्पणी
बहिनी कमरेड, शुभ प्रभात । यो विषय मैले तपाईंसंग व्यक्तिगत छलफल गरेकोभए पनि हुनेथियो, तर केही साथीहरुले उषाजीको प्रश्नको जवाफ दिनोस भनेर लेख्नुभएकोरहेछ र मैले सार्वजनिकीकरण गरे । तपाईको मनमा भएजस्तै अरु धेरै साथीहरु र मेरो मनमा पनि थुप्रै प्रश्नहरु छन होला? कमल थापा र एकनाथ ढकालको बारेमा । कमल थापाको विषयमा मकवानपुरकै साथीहरुले पनि ०८९ को निर्वाचन अगाडी नै प्रश्न उठाउनुभएको थियो । कमल थापा मात्र होइन हामीले अरु पनि केही व्यक्तिहरुलाई सिट छोडेकाछौं, ०७४ मा नै ह्रिदयसजीहरु सूर्य चिन्हम़ै जित्नुभएकोथियो । ०५२ तिर हामीले सूर्य र लोकेन्द्रलाई प्रधानमन्त्री पनि बनायौं । त्यसले दिएको सकारात्मक र नकारात्मक दुब़ै पक्षको बिश्लेषण गर्नुपर्दछ । संयोगबस मैले आजसम्म सूर्य बाहेक अर्को चिन्हमा मतदान गर्नुपरेकोछैन तर तपाईले सूर्य नपाएर अर्को खोज्नुभयोहोला । यदि रसुवाको बारेमा अन्यथा सोच्नु भएको हो भने, नेपालीको भनाई छ: खुट्टामा ढोग्न मात्र बाँकी राखे तर मैले त खुट्टामै ढोगें । जहाँ सम्म एकनाथको कुराछ, ऊनी आफ्नै पार्ट बनाएर माननीय र सायद मन्त्री पनि बने ।०७४ र ०७९ को निर्वाचनमा ऊनको पार्टीको उम्मेवार भएनन्न र एमालेलाई सहयोग गर्न आव्हान गरे।०७४मा नै उनको नाम समानुपातिक लिष्टमा थियो । अलिक धेरै एमाले पुरुषहरुले जितेकोले सबै महिलाहरु समानुपातिक लिष्टमा परे त्यसमा कुनै डाढ र इर्स्या होईन ।
प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १०:४९