ज्ञानेन्द्र आज फर्किदै, राप्रपाले सडकमा उत्सव मनाउने
२५ फागुन, काठमाडौँ । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किने हुनुभएको छ । एक साताबढीको पश्चिम नेपालको बसाइ सकेर शाह निर्मल निवासका लागि फर्किदै हुनुहुन्छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले शाहको काठमाडौँ फर्किने कुरालाई उत्सवको रूपमा मनाउने भएको छ । राप्रपाले ठूलो लगानी गरेर त्रिभुवन विमानस्थलदेखि गौशलासम्म सबडकको दुबै किनारामा पार्टीका नेता र कार्यकर्ता उतारेर उत्सव मनाउने भएको छ । राप्रपाका नेताहरू डा प्रकाशचन्द्र लोहनी, रविन्द मिश्र लगायतले त सडमा निस्किन भिडियो मार्फत अपिल नै गर्नुभएको छ ।
पछिल्लो समय राजावादीहरूको गतिबिधि बढेको भन्दै गणतन्त्रको मजा लिइरहेका राजनीतिक दलहरूले भने चिन्ता गरेका छन । कांग्रेस, एमाले र माओवादीसहितका दलहरूले राजतन्त्र रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन ।
प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार ०६:१६






