७ असार २०८३, आइतबार | Mon Jun 22 2026

९३ वर्षीय भवानी पोखरेलले नविकरण गरे एमालेको सदस्यता

२४ फागुन, सुनसरी । नेकपा (एमाले)ले अहिले तीन महिने जरा केन्द्रीत अभियान सञ्चालन गरिरहेको छ । यस अभियानमा विशेष गरी सदस्यता वितरण तथा नविकरण, कमिटीहरू पुनर्गठन, भेला, बैठक, प्रशिक्षण जस्ता कार्यक्रम गरेर एमाले टोलटोलमा पुगिरहेको छ ।

एमाले ईनरुवा वडा नम्बर ५ कमिटी सुनसरीले अभिमुखीकरण कार्यक्रममा गरेको छ । बाम आन्दोलनको उर्वर र ऐतिहासिक स्थान बलाहाका अगुवा ९३ वर्षीय भवानी पोखरेल, ८० वर्षिय चरा बिज्ञ जीवनाथ पोखरेल, ७८ वर्षीय बाम बुद्धिजीवी अच्युत खतिवडा, ७५ वर्षीय बुद्धकुमार नेपाल, ७३ वर्षीय गणेश निरौला, ७० वर्षीय मननारायण श्रेष्ठ , ७० वर्षीय श्यामप्रसाद भट्टराई, ७० वर्षीय थानेश्वरी अधिकारी, अग्रजहरु गोबिन्द पोखरेल, ईश्वरी घिमिरे, हेमराज कोईराला, प्रेम खतिवडा र नयाँ पुस्ताका युवाहरुले समेत उल्लेख्य मात्रामा पार्टी सदस्यता नवीकरण गरिएको र नयाँ सदस्यता बितरण गरेको अभियानका प्रमुख लोकेश निरौलाले दैनिकीलाई जानकारी दिनुभयो ।

कार्यक्रममा अभियन्ता निरौलाले सुनसरीको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक भुमि ईनरुवाको बलाहामा जरा अभियानको प्रमुख अभियान्ता भएर पार्टी काम गर्न पाउदा आफूलाई गर्वको महसुस भएको बताउनुभयो । “समृद्ध नेपाल, सुखी नेपाली“को राष्ट्रिय आकाँक्षा पूरा गर्नका लागि कसैले चुनौती दिन नसक्ने मजबुत जगमा उभिएको बलियो एमाले बनाउन सम्पूर्ण अग्रज र युवालाई आह्वान समेत गर्नुभयो । सो कार्यक्रमका प्रमुख अतिथि पोस्ट नेपालले जनताको आसा र भरोसा योग्य पार्टी निर्माण गर्न हामी सबै लाग्नु पार्ने बताउनुभयो ।

प्रकाशित मिति : March 8, 2025 at 10:03 pm