२०८४ काे निर्वाचन एमाले एक्लै लड्छः पूर्वमन्त्री ढकाल
२३ फागुन, काठमाडौँ । नेकपा (एमाले) को स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सरकार ढल्ने सपना पूरा नहुने प्रस्ट तस्वीर देखाउनु भएको छ । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएको ढकालले यस्तो बताउनु भएको हो । संयोजक ढकालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले नचाँहासम्म अरुले डोरी लगाएर हल्लाए पनि नढल्ने बताउनु भयो ।
उहाँले सरकार ढल्छ भन्ने, ढल्यो भन्नेहरुलाई दुई पटक ढल्ने भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले विग्रिएको घडीले समेत दुई पटक सहि समय दिने भन्दै यो सरकार सात बुँदे सहमति अनुसार देउवालाई हस्तान्तरण गर्ने बेलामा र ०८४ को नयाँ निर्वाचनपछि अर्को सरकार बनाउन ढल्ने दाबी गर्नुभयो । उहाँले अहिले बलियो सरकार रहेकाे भन्दै सञ्चार क्षेत्रका समस्या समाधानका लागि दिएका सुझाव छलफलका माध्ययमबाट लागू गर्ने कुरामा सरकार सकारात्मक रहने पनि बताउनुभयो । उहाँले ०८४ काे निर्वाचनमा एकल चुनाव लड्ने पनि बताउनुभयाे ।
उहाँले जनसंगठनका अध्यक्षकाे गरिमालाई प्रभावकारी बनाउन जनसंगठनहरुका कार्यक्रममा साेही संगठनका अध्यक्षलाई प्रमुख अतिथि बनाउने प्रयासकाे थालनी गरेकाे पनि बताउनु भयाे । कार्यक्रम आयाेजन गर्ने जनसंगठनहरुका सम्मेलन, अधिवेशनहरुमा आयाेजकहरु भन्दा वक्ताहरुअरुअरु नै बढी हुने र अन्तिममा अध्यक्षकाे मर्यादा नै ओझेल पर्ने भएकाले नयाँ प्रावधानकाे व्यवस्था गरेकाे उहाँको भनाइ थियाे ।
उहाँले कार्यक्रमहरुमा धेरै वक्ता राख्ने कुरा पनि सामन्तवादकाे अवशेष भएको उल्लेख गर्नुभयो । उहाँले याे नयाँ अभियान भएकाले जागरण ल्याउने अभियान भएको पनि उल्लेख गर्नुभयाे । राम्रो कामकाे अनुसरण गर्नुपर्छ भन्दै याे अभियान जाेगाउने अभियानमा हामी सबै लाग्नुपर्छ भन्नुभयाे । ठूलो कमिटी र पदाधिकारीकाे भारिले थिचिएकाे भन्दै त्यसलाई सुधारेर नयाँ प्रणालीमा ल्याएकाे उल्लेख गर्नुभयाे ।
अनुसुचि ए र वि राखेर प्रणाली बनाएकाे भन्दै अब ए मा १५१ र वि मा ९९ अङ्कसम्म बनाउने व्यवस्था रहेकाे उहाँको भनाइ छ । उहाँले चाैतारीलाई पनि विधान संशाेधनमा याे ख्याल गर्न आग्रह गर्नुभयाे । याे सकारात्मक व्यवस्था रहेकाे भन्दै अब ९ पदाधिकारीको व्यवस्था हुने पनि बताउनुभयो। उहाँले ९ पदाधिकारीमा आर्थिक हेर्ने गरि सचिवको समेत व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो।
उहाँले सम्मेलनबाट आउँदा परिभाषित जिम्मेवारीमा आउने गरी यस्ताे व्यवस्था गरेकाे समेत उल्लेख गर्नुभयाे । ०८१ भित्र १६ वटा नजनवर्गीय संगठनकने सम्मेलन गर्ने तयारी भएको भन्दै १६ मध्ये चाैतारीले तेस्रो सम्मेलन गर्न लागेकाे भन्दै सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिनेमा आशावादी रहेकाे बताउनुभयाे ।
उच्चसमझदारीका साथ सहमतिमा नेतृत्व चयन हुने छ र सर्वसम्मत उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्नेमा चाैतारी लाग्ने छ भन्नेमा पनि आशावादी छु । उहाँले अरुले भन्दा राम्रो र गतिशील काम गर्न सञ्चार क्षेत्रमा लागेका साथीहरू लाग्नुहुने छ भन्ने पनि आशा रहेको उल्लेख गर्नुभयो।
प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार १७:२९