५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

अमृत क्याम्पसको स्ववियु सभापतिमा शाहीलाई उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय

२३ फागुन, काठमाडाैँ । आसन्न चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन माहोल देशै भरी तात्तिरहेको छ। विभिन्न सङ्गठनका विद्यार्थी नेताहरू चुनावी माहोललाई आफ्नो पक्षमा पार्न क्याम्पसमा दौडधुप गरीरहेका छन । अनेरास्ववियु अमृत क्याम्पसमा पनी हाल चुनावी माहोल तातिरहेको छ। र अमृत क्याम्पसमा मतदाता नामावली पनि प्रकाशित भएर चुनावि प्रक्रिया अगाडि बढिरहेको छ। अमृत क्याम्पसमा जम्मा १९५५ मतदाता रहेका छन। र अन्तिम मतदाता नामावली प्रकाशन हुन भने बाकि नै छ।

अनेरास्ववियुले देशै भरीका क्याम्पसहरुमा उम्मेदवार टुंगो लगाउने कार्य गरिरहेको छ। त्यसै सन्दर्भमा अनेरास्ववियु अमृत क्याम्पस कमिटीले पनी आफ्नो उम्मेदवार टुंगो लगभग टुङ्गाई सकेको छ। अनेरास्ववियु अमृत क्याम्पस कमिटीले १९५५ मतदाताहरुको माग,सुझाव तथा सल्लाह लाई मध्यनजर गर्दै र कमिटीमा भएका नेताहरुको कुरालाई ध्यानमा राखेर आफ्नो उम्मेदवार को बनाउने भन्ने विषयको टुङ्गो लगाएको थियो।

कमिटीले अधिकतम विद्यार्थीहरुको कुरालाई ध्यानमा राखेर आफ्नो उम्मेदवार टुंगोमा पुर्याएको हो। अधिकतम कमिटीका नेता तथा मतदाताहरुको एउटै स्वरमा नियमित विद्यार्थी बाट स्वबियु को नेतृत्व गराउनु पर्छ भन्ने थियो। त्यहि कुरालाई शिरोपण गर्दै कमिटीले अनेरास्ववियु अमृत क्याम्पस कमिटीका सचिब गोपाल ब शाहिलाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेको हो। विद्यार्थीमाझ चर्चित र क्याम्पसमा विद्यार्थीका काम गर्ने कुरामा क्रीयाशिल रहेका शाहि अहिले स्नातक चौथो बर्षमा अध्ययनरत विद्यार्थी हुन।। उनि विद्यार्थीकै माझ रहेर विद्यार्थीकै काम गर्ने भएको हुनाले उनि सर्वाधिक रुचाईएका विद्यार्थी उम्मेदवार हुन।

उनि सबै मध्य बलिया उम्मेदवार हुन। र अन्य उम्मेदवार बन्न ईच्छुक रहेका सबै जना स्नातक सकेर बसेका र बाहिर स्नातकोत्तर९मास्टर्स० गरीरहेका छन। उनिहरु पास भएको लगभग ३(४ बर्ष भैसकेको भएतापनि त्रिभुवन बिश्वबिद्धालयले स्वबियु निर्वाचन तोके पश्चात् उनिहरुले क्याम्पसमा नया भर्ना लिएका हुन। चुनावको लागी मात्र भर्ना गर्नेहरुलाई अब विद्यार्थीहरुले सवक सिकाएर उदाहरण दिने बलियो अभिव्यक्ति राखेका छन।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार १८:३०