३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

काठमाडाैँको साँखुमा टिपरले तीन जनाको ज्यान लियो

२३ फागुन, काठमाडाैँ । काठमाडाैँको शंकरापुर नगरपालिका वडा नम्बर ६ साँखुको सलम्बुटारमा रहेको बाल आश्रयस्थलमा छिरेर टिपरले तीन जनाको ज्यान लिएको छ । तीव्र गतिमा रहेको टिपरा माथि चढेको हो ।

टिपरले किच्दा दुई बालकसहित तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले आज बिहान करिब ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर बेवारिसे बालबालिकाहरू बस्ने आश्रयस्थलको टहराभित्र छिर्दा तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा टिपर छिरेको हो । टिपच चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई महानगरीय प्रहरी वृत्त बाैद्धले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार ०८:५७