२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोटको घ्याङ्फेदीमा मृत्यु भएकाहरूको सम्झनामा काठमाडाैँमा दीप प्रज्वलन (फोटोफिचर)

१८ पुस, काठमाडाैँ । गत मंसिर २८ गते दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर १ घ्याङ्फेदीमा भएको मिनिट्रक दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सामुहिक श्रद्धाञ्जलि सहित दिप प्रज्वलन गरिएको छ । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान नुवाकोट र दोन डुप प्रतिष्ठान नुवाकोटको संयुक्त आयोजनामा भएको सामुहिक श्रद्धाञ्जलि सहित दिप प्रज्वलन कार्यक्रममा दुवै प्रतिष्ठानले उचित राहत र क्षतिपुर्तिको लागी सक्दो सहयोग गर्ने प्रतिबद्धताका साथै पिडितहरुलाई नगद ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता  जनाएको दोन डुप प्रतिष्ठान नुवाकोटका अध्यक्ष डिवि लामाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा दुप्चेश्वर गाँउपालिकामा निर्माणधिन अवस्थामा रहेको बुद्धभुमि हाईड्रोपावर कम्पनीले पिडितहरुको लागी सहयोगार्थ ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता  जनाएको हाईड्रोपावर कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठले जानकारी दिनुभएको छ । कम्पनीले यसअघि पनि दुर्घटनामा परेका घाईतेहरुको उपचारका साथै मृतकका परिवारको लागी आर्थिक सहयोग गरेको अध्यक्ष  श्रेष्ठले जानकारी दिनुभएको छ ।
कार्यक्रममा संघिय साँसदद्धय हितबहादुर तामाङ र नारायण प्रसाद खतिवडाले घ्याङ्फेदीमा भएको मिनिट्रक दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई सहयोग र घाईतेहरुको उपचारको लागी सक्दो पहल गने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै, प्रदेश नम्बर ३ का साँसदद्धय केशवराज पाण्डे र बद्रि मैनालीले घ्याङ्फेदीमा भएको मिनिट्रक दुर्घटनामा नुवाकोट जिल्लाले ठुलो मानविय क्षति ब्योहोर्नु परेकोले आफ्नो पक्षबाट सक्दो सहयोगको प्रतिवद्धता सहित यस्तो दुखद घडिमा सबै पक्षबाट सहयोगको अपेक्षा रहेको बताउनुभएको छ ।

कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, नेकपाका ३ नम्बर प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यलगायतले घ्याङ्फेदी दुर्घटनाको दुख व्यक्त गर्दै सबै पक्षको सहयोगको खाँचो रहेको  बताउनुभएको छ । गत मंसिर २८ गते दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर १ घ्याङ्फेदीको घ्याङडाडामा भएको मिनिट्रक दुर्घटनामा परी २१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी घाईते भई काठमाडौको शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका सावित्रि तामाङको पनि आज मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घ्याङ्फेदीको मिनिट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

   

प्रकाशित मिति : 23:56