१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

लगातार तेस्रो पटक घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजल र मट्टितेलमा २ रूपैयाँ कम

१८ पुस, काठमाडाैँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो ।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार २१:५६