रवि लामिछानेको नाममा घुस उठाउने रास्वपाका नेता मोहनजंग थापा अमेरिकामै पक्राउ
१८ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित अध्यक्ष रवि लामिछानेका नाममा घुस उठाउने सोही पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापा पक्राउ परेका छन । थापा एक साता अघि नै अमेरिकामै पक्राउ परे पनि उनको पक्राउको सूचना गोप्य राखिएको थियो । आइतबार भने थाप पक्राउको सूचना एकाएक भाइरल बनेको छ ।
रविले नेपालमा विभिन्न नाममा कमाएको पैसा हुण्डी मार्फत अमेरिकामा व्यवस्थापन गर्ने र रविका नाममा सांसद बनाउन नै घुस बुझ्नेसम्मको काम गर्ने थापा नेपालबाट जानेक्रममा अमेरिकाको पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा अमेरिकामा हुन लागेका केही कार्यक्रम थापाकै कारण रद्द हुन पुगेको थियो । थापाले प्रधानन्त्रीको विरूद्धमा कालो झण्डा देखाउँदै नाराबाजी गर्ने कार्यक्रम तय गरेर आन्तरिक प्रचार गरेपछि प्रधानमन्त्रीको सचिवालयले कार्यक्रम नै रद्द गरेको थियो ।
पक्राउ परेका थापालाई नेपाल डिपोर्ट गर्ने सम्भावना रहेको उनी निकटकाहरूले बताएका छन । रवि लामिछानेका लागि तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठसँग घुस बुझेका थापा रविको सम्पत्ति शुद्धिकरणका प्रमुख पात्र रहेको विषय यसअघि नै चर्चामा आएको छ । रवि नाममा बुझिएको झण्डै १२ करोड घुस थापाले हण्डी मार्फत अमेरिका पुर्याएर व्यवस्थापन गरेको आरोप उनीमाथि छ । केही करोडका प्रमाणहरू यसअघि नै सार्वजनिक समेत भैसकेका छन ।
नेपालमा थापामाथि समेत सम्पत्ति शुद्धिकरणसहितको मुद्दामा अनुसन्धान सुरू भएको बताइएको छ । यही परिप्रेक्ष्यमा नेपालमा पक्राउ पर्ने डरले उनी कतार हुँदै अमेरिका हिँडेका थिए । तर उनी अमेरिकामा झर्ने बित्तिकै पक्राउ परेका छन ।
प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १५:१६