७ माघ २०८२, बुधबार | Thu Jan 22 2026

मध्यरातमा काठमाडौँ उपत्यकामा भूकम्पको शक्तिशाली झड्का

१६ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकामा मध्यरातमा भूकम्पको शक्तिशाली झड्का महशुष भएको छ । राति २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महशुष भएको हो । भूकम्पले काठमाडौँ उपत्यकासहित उपत्यका आसपासको नागरिकलाई सडकमा पुर्याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको भैरबकुण्ड आसपासमा केन्द्रबिन्दु भएर ६ दशमलक १ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको क्षति लगायतको थप विवरण प्राप्त हुनेक्रममा रहेको छ ।

भूकम्पका कारण बागमती प्रदेशसहित, कोशी, मधेश र गण्डकी प्रदेशका अधिकांश जिल्लामा धक्का महशुष गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार ०३:००