ज्ञानेन्द्र इतिहासकै नालायक राजा हुन, फेरि राजतन्त्र फर्किन सम्भव छैनः नेता भट्टराई
-सदिक्षा आचार्य
१५ फागुन, काठमाडाैँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व सांसद् विशाल भट्टराईले कुनै पनि अवस्थामा राजा नफर्किने बताउनुभएको छ । दैनिकी संवादको कुराकानीमा उहाँले ज्ञानेन्द्र शाह इतिहासकै नालायक राजा भएकाले फेरि राजतन्त्र फर्किने सम्भवना शून्य रहेको बताउनुभयो ।
‘राजा फर्किन पाँच तत्व आवश्यक छन् तर अहिलेको परिप्रेक्षमा पूर्वराजा ज्ञानेन्द्रसँग ती पाँचवटै तत्व छैनन् ।’ आफ्नो धारणा स्पष्ट पार्दै भट्टराईले भन्नुभयो, ‘अहिलेको समयमा दुईचारवटा अभिव्यक्तिले पूर्वराजा फर्किन्छन् भन्नु र पश्चिमबाट घाम उदाउँछ भन्नु उस्तै हो ।’

एमालेको चुनाव चिन्हमा पाँच पटक खोटाङमा संसदको चुनाव लडिसक्नुभएको भट्टराई पछिल्लो पटक फेरि गाउँ केन्द्रीत अभियानमा हुनुहुन्छ । पाँच पटक चुनाव लडिसकेको मान्छे फेरि पनि अर्को चुनावका लागि गाउँतिर दौडधुपमा हुनुहुन्छ हो रु तपाईंको पार्टीका अरू कार्यकर्ताले सधैँ तपाईंलाई नेता बनाउनमात्रै झण्डा बोकिरहनुपर्ने हो रु भन्ने प्रश्न गर्दा उहाँले आफ्नो दौडधुप चुनाव केन्द्रीत नभइ नागरकिसँगको निकटताका लागि भएको बताउनुभयो ।
‘मेरो दौडधुप पार्टी सुधार र सुसंस्कृत राजनीतिको लागी हो, चुनाब लड्न होइन ।’ आफ्नो धारणा स्पष्ट पार्दै भट्टराईले भन्नुभयो, ‘म आफ्नो निर्वाचन क्षेत्रको नागरिकका लागी सबैभन्दा बढी समय दिने नेता भनेर परिचित पनि छु ।’
भट्टराईले एउटा राजनीतिक कार्यकर्ताका लागि चुनाव लड्नु अघि र लडेपछिको अनुभुति सार्वजनिक गर्दै युवा पुस्ता पनि राजनीतिमा आउनुपर्ने जोड दिनुभयो । ‘युवाहरू राजनीतिमा आउनुपर्छ’ उहाँले भन्नुभयो, ‘युवाहरूको सक्रिय सहभागिताले राजनीतिलाई सुसंस्कृत बनाउँछ ।’
सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै उहाँले जनताको भावना र मर्म बुझेर सरकारले सोहीअनुरुप कदम चाल्नुपर्ने बताउनुभयो । ‘सार्वजनिक सेवाको स्तरोन्ती गर्दै जनतालाई सरकारले राहत दिलाउनुपर्छ’ भट्टराईले बताउनुभयो, ‘देश डिजिटल युगमा प्रवेश गरेको छ जसको सुविधा जनताले लिइरहेका छन्।’ भट्टराईसँगको कुराकानी तलको लिंकमा हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : February 27, 2025 at 2:39 pm









