११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एन्काद्धारा आयोजित महिला क्रिकेट प्रतियोगितामा बिएचपि क्रिकेट क्लव टिम विजयी

एडिलेड । नेप्लिज क्रिकेट एशोशियसन (एन्का)द्धारा शनिवार आयोजित साउथ अष्ट्रेलियामा रहेका तिन देशका सामुदायीक क्लवहरुविचको महिला क्रिकेट प्रतियोगितामा विश्व हिन्दु परिषद क्रिकेट क्लव (विएचपि) विजयी भएको छ । एलसिए एन्का फ्रेन्डसिप कप २०२५ क्रिकेट प्रतियोगिता खेलकुदमा महिलाहरुको थप विकासका साउथ अष्ट्रेलिया रहेका तिन देशका सामुदायिक क्लवहरु विच फ्रेब्रुअरी १-२२ मैत्रिपुर्ण प्रतिय़ोगिता आयोजना गरिएको थियो ।

फाईनलको अन्तिम वलमा ३ रनले रोमाञ्चक खेल खेल्दै भारतीय मुलका खेलाडीहरु रहेको विश्व हिन्दु परिषद क्रिकेट क्लवले पाकिस्तानी मल्टिकल्चर ग्रुपले माथि बिजय हासिल गरेको थियो ।

एन्काको घरेलु मैदान फब्स प्राईमेरी स्कुलको मैदानमा भएको फाईनलमा दर्शकहरुको बलियो उपस्थिति रहेको थियो । एन्का अध्यक्ष विजय जोशीले प्रतियोगिता केवल क्रिकेट भन्दा बढी भएको बताउदै यो विविधता, सशक्तिकरण, र खेलको एकताबद्ध शक्तिको उत्सव भएको बताउनु भयो । उहाले उल्लेखनीय प्रतिभा, खेल भावना र दृढ संकल्प प्रदर्शन गर्ने सबै टोलीहरूलाई  बधाई ज्ञापन गर्नु भएको छ ।

जोशीले विगतमा महिला क्रिकेट साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (शाका)ले गरेकोमा हाल विविध कारणले हुन नसकेको अवस्थामा एन्काले तिन क्लवहरुबाटै भए पनि शुरु गरेको बताउनु भयो । उहाले यस्ता प्रतियोगिताहरुले खेलाडीहरुमा प्रतिस्पर्धी क्षमताको विकास हुने भएकाले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो।

“सबैका लागि क्रिकेट खेलकुद बनाउने” एन्काको उद्देश्य मध्ये एक भएकोले, यो प्रतियोगिता सुरु गरिएको उहाले बताउनु भयो । उहाले अगाडी भन्नु भयो – यस प्रतियोगिताको मुख्य उद्देश्य प्रिमियर क्रिकेटको लागि प्रतिभाशाली महिला खेलाडीहरू पहिचान गर्नु हो । साथै बहुसांस्कृतिक समुदायलाई क्रिकेट मार्फत एक ठाउमा ल्याउने समेत उद्देश्य रहेको छ ।

यस विच एन्का साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (साका) द्धारा प्रदान गरिने बर्षको उत्कृष्ट एशोशियसन र बर्षको उत्कृष्ट महिला तथा बालबालिकाको विकासमा अग्रणी एशोशियसनको उपाधीका प्रदानका लागि मनोनयमा परेको छ ।

प्रकाशित मिति : February 25, 2025 at 3:12 am