८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सत्तारुढ दलहरुबीच अध्यादेश अघि बढाउने सहमति

३ फागुन, काठमाडौँ । सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकले सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति गरेको छ।

गृहमन्त्री रमेश लेखकले बालुवाटारमा बसेको बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको जानकारी दिनुभयाे ।

गृहमन्त्री रमेश लेखकले भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने बताउनुभयाे। उहाँले लोसपा अध्यक्ष महन्थ ठाकुर आफैं बैठकमा सहभागी भएको र जसपा नेपालसँग पनि कुरा भएर अध्यादेश अघि बढाउने सहमति भएको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : February 15, 2025 at 1:54 pm