८ असार २०८३, सोमबार | Mon Jun 22 2026

मन्त्रिपरिषद् परिवर्तनको मुडमा प्रधानमन्त्री, सत्ता पक्षीय दलको बैठक बोलाइयो

३ फागुन, काठमाडौँ । सरकारको काम प्रभावकारी नभएको प्रधानमन्त्रीको निष्कर्षमा कांग्रेस पनि सहमत देखिएपछि मन्त्रिपरिषद् हेरफेरको निष्कर्षमा प्रधानमन्त्री केपी शर्मा ओली पुग्नुभएको बुझिएको छ । जताबाट जहाँ बसेर समिक्षा गर्दा पनि सरकारको प्रभावकारिता नदेखिएपछि मन्त्रिपरवर्तन गरेर भए पनि परिणाम खोज्ने तयारीमा प्रधानमन्त्री जुट्नुभएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा शुक्रबार सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीले शनिबार बिहान ११ बजेका लागि सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाउनुभएको छ ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । अध्यादेशका कारण थप समस्या देखिएपछि एमालेका दोस्रो तहका नेताहरू माओवादी फकाउन विभिन्न कार्डसहित छलफलमा छन ।

प्रकाशित मिति : February 15, 2025 at 8:11 am