४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

सुनको मूल्य एकैदिन तोलामा २ हजार ३ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

१ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो ।

बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार ११:२५