दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब ३९ करोड
२७ माघ, काठमाडौँ । आज सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार मापक नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा पुगेकाे छ ।
कारोबार भएका ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भयो । आज ४ उपसूचक मात्र बढे । बाँकी ९ उपसूचक घटेकाे छ ।
२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स र आजबाट दोस्रो बजारमा कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावरसहित १६८ कम्पनीको सेयरमूल्य घटेको छ ।
प्रकाशित मिति : 15:42









