आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
२१ माघ, धरान (सुनसरी) । इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै आरटिसी भुटान २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा इटहरी राजा क्लब र आरटिसी भुटानबिच भएको खेलको नवौँँ मिनेटमा भुटानका सोनम एसहेले गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सातौँ मिनेटमा भुटानका सोनम जुद्रु जोइजाङले गोल गरेका थिए भने १४ औँ मिनेटमा कर्मा जोम्सोले र अन्तिम गोल नन्दय एसेनले गरे । दास्रो हाफकै ३१ औँ मिनेटमा इटहरी राजा क्लबका खेलाडी एलक्सले सान्त्वना गोल फर्काउन सफल भए ।
आजको खेलको म्यान अफ दी म्याच सोनम एसहे घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा आठ टिमको सहभागिता छ । सोमबारको अन्तिम क्वाटर फाइनल खेल एनआरटी क्लब काठमाडाँै र केएफटिसी झापाबिच हुने आयोजकले जनाएको छ ।
यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ ह
प्रकाशित मिति : २१ माघ २०८१, सोमबार २०:३३