मिलन चाम्सले अर्को चलचित्र निर्देशन गर्ने
१४ माघ, काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’, ‘लिली बिलि’, ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’, ‘बबी’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी जनरामा बन्नेछ।

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। प्रेमकथामा बन्ने चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ। चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
प्रकाशित मिति : January 26, 2025 at 9:50 am









