१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

अपि पावर कम्पनीको खुद मुनाफामा ८३ प्रतिशत बृद्धि  

१७ पुस, काठमाडौं ।  अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ ।कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ यो मुनाफा अघिल्लो अार्थीक वर्षकाे यही त्रैमासको तुलनामा ८३ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

यस अनुसार कम्पनी अघिल्लो आ.व को सोहि त्रैमासको तुलनामा विद्युत विक्री बाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो ।अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।

प्रकाशित मिति : January 1, 2019 at 11:57 am