२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

नेकपा (एमाले) दुप्चेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा प्रेम, सचिवमा किशोर

१२ माघ, नुवाकोट । नेकपा (एमाले) दुप्चेश्वर गाउँपालिका कमिटी नुवाकोटको दोस्रो अधिवेशनबाट मईत बहादुर तामाङ ९प्रेम०को अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्बिरोध निर्वाचित भएको छ । शुक्रबार भएको अधिवेशनबाट प्रेम पुनः अध्यक्षमा निर्विरोध हुनुभएको एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले जानकारी दिनुभयो ।

उहाँले अधिवेशनबाट उपाध्यक्षमा राजन बुढाथोकी, सचिवमा किशोर आचार्य, उपसचिवमा आर्यन तामाङ र पार्वती तामाङ निर्विरोध भएको जानकारी दिनुभयो ।

एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य विजयकुमार तामाङ अनुसार लेखा आयोग पनि निर्विरोध निर्वाचित भएको छ । जसको अध्यक्षमा लक्ष्मण कुमार थापा, उपाध्यक्षमा चुडा मोक्तान र सचिवमा सन्तोष पण्डित चयन हुनुभएको छ । तामाङको अनुसार शुक्रबार एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : 08:06