११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रमुखमा दुर्गाराज रेग्मी

१२ माघ, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रमुखमा एसपी दुर्गाराज रेग्मी सरूवा हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा रहनुभएको रेग्मीको जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरूवा भएको हो ।

नुवाकोटका प्रहरी प्रमुख शान्तिराज कोइरालाको बढुवापछि नुवाकोटको प्रहरी प्रमुख पद रिक्त रहेको थियो । निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुभएको डिएसपी तिलक भारती पनि शुक्रबार नै एसपी बढुवामा सिफारिस हुनुभएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ०७:५३