एमाले प्रभावशाली नेता गोकुल बाँस्कोटा नुवाकोट आउँदै
११ माघ, नुवाकोट । नेकपा एमालेका प्रभावशाली नेता पूर्वमन्त्री एवं सांसद गोकुल बाँस्कोटा आज नुवाकोट आउनुहुनेभएको छ ।
नेकपा (एमाले) दुप्चेश्वोर गाउपालिका कमिटिको दोस्रो पालिका अधिवेशनको उद्घाटनका लागि उहाँ नुवाकोट आउन लाग्नुभएको गउँकमिटीका अध्यक्ष मैतबहादुर तामाङले दैनिकीलाई जानकारी दिनुभयो । तामाङका अनुसार बाँस्कोटाले दोस्रो पशुपतिको उपमा पाएको दुप्चेश्वर मन्दिरको दर्शन समेत गर्ने कार्यक्रम रहेको छ ।
बिहान ११ बजे समुन्द्रटार बजारमा एमालेको गाउँ अधिवेशन उद्घाटनको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । अधिवेशनको उद्घान र सम्बोधनसँगै उहाँ आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ०७:११