२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि मुक्का आक्रमण

५ माघ, झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उद्धव थापामाथि मुक्का आक्रमण भएको छ । थापा माथि  पूर्वपश्चिम राजमार्गमा  भएको हो । शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको र संलग्न २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

मुक्का आक्रमणबाट थापाको निधारमा चोट लागेको छ भने अहिले बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँ नेपाल प्रेस युनियन झापाले गरेको कार्यक्रमबाट फर्किदै गर्दा  आक्रमणमा परेका हुन ।

कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई प्रक्राउ गरी इलाका प्रहरी कार्रयालय बिर्तामोडमा राखिएको छ ।

 

प्रकाशित मिति : 22:56