२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेकपा एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सुर्यमान दोङ

५ माघ, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)पाँचपोखरी थाङपाल गाउँपालिका कमिटिको दोस्रो अधिवेशनबाट सुर्यमान दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन गरिएको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन , उप सचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्वसहमत चयन हुनुभएको ।

अधिवेशनको स्थायी कमिटि सदस्य शेरबहादुर तामाङ र केन्द्रिय सदस्य सुवास कर्मचार्य उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तामाङले एमाले माथि गलत हल्ला गर्दै चौतर्फी आक्रमण भएको बताँउदै त्यस्ता भ्रम चिर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रिय सदस्य कर्मचर्याले बिगतमा भएका कमि-कमजोरीलाई अत्मसमिक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य माधवप्रसाद पाण्डे , राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सुनिता अधिकारी, प्रदेश कमिटि सदस्यहरु टासी लामा , देबेन्द्रबहादुर खत्री, अशोक चौलाँगाइ, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 22:40