१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

‘फिरफिरे फिरिरी’ प्रदर्शनमा

४ माघ, काठमाडौँ । नेपाली सिनेमा उद्योगमा फरक धारका फिल्मले दर्शकको मन जित्दै गएको छ। दशैंपछि रिलिज भएका धेरै फिल्मले राम्रो व्यापार गर्दा, अब हरर र कमेडीको अनौठो मिश्रण बोकेको फिल्म ‘फिरफिरे फिरिरी’ प्रदर्शनमा आएको छ ।

हलमा भावुक दृश्यहरूमा आँसु झार्ने दर्शकलाई यसपटक पेट मिची-मिची हसाउने लक्ष्य लिएको यो फिल्मले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ। फिल्मका निर्माता मनोज कुमार अधिकारीका अनुसार ‘फिरफिरे फिरिरी’ ले दर्शकलाई हँसाउने मात्र होइन, फरक स्वादको मनोरञ्जन पनि दिनेछ।

हरर कमेडी जस्तो कम बन्ने जनरामा तयार गरिएको यो फिल्ममा नयाँ कथा, ताजा प्रस्तुति र दमदार अभिनय देख्न सकिन्छ। फिल्मका मुख्य कलाकार मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर शेढाइ, पुष्प अवस्थी र सूर्यमान लिम्बु छन्।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोजकुमार अधिकारी र सह-निर्माता नितिश पुन हुन्। कथा सन्दिप श्रेष्ठ र नविन भट्टले लेखेका हुन्। नविन भट्टले निर्देशन गरेको यो फिल्म उनको डेब्यु निर्देशन पनि हो।

प्रकाशित मिति : January 17, 2025 at 4:25 pm