केही गम्भीर विषयका कानुन अध्यादेशबाट संशोधन हुँदै, मध्यरातमा मन्त्रिपरिषद् जारी
२६ पुस, काठमाडौँ । सरकारले अध्यादेश मार्फत केही महत्वपूर्ण कानुन संशोधन गर्न लागेको छ । त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । राष्ट्रपति पौडेलसँगको लामो छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बोलाएर अध्यादेश सिफारिस गर्दै हुनुहुन्छ ।
अहिले पनि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । दैनिकीको सम्पर्कमा रहनुभएको मन्त्रिपरिषद्का एक सदस्यका अनुसार विभिन्न अध्यादेशहरूका बारेमा निर्णय हुँदैछ । उहाँका अनुसार बैठक लामै चल्न सक्ने सम्भावना रहेको छ । प्रधानमन्त्रीले अध्यादेशको गम्भीरताका बारेमा शुक्रबार साँझ कानुनमन्त्री र मुख्यसचिवसहितको टोली राखर राष्ट्रपति पौडेलसँग समेत छलफल गर्नुभएको थियो ।
प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार २२:०३