२६ पुष २०८१, शुक्रबार | Sat Jan 11 2025

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटा (सदस्यहरूको सूचीसहित)

२६ पुस, काठमाडौँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न भएको चौथौँ ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट सापकोटाको नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन भएको नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट संगठनको इन्चार्ज रहनुभएको सिएन पाण्डेले जानकारी दिनुभयो ।

बरिष्ठ उपाध्यक्ष याम बहादुर खड्का, उपाध्यक्षमा लिला बहादुर लामा, गोपाल बहादुर बम, चिरन्जिबि पोखरेल, ङावाङिवा सेर्पा, महेस भट्टराई निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा राम बहादुर खड्का एवं उपमहासचिमा प्रदीप आचार्य र दिपक दाहाल निर्वाचित हुनुभएको छ।

त्यस्तै महाधिवेशनले सचिवमा राम वलि दास, कुल चन्द्र पाण्डे, एलिना मगर, डिल्लिराम शर्मा अधिकारी, भुनव बहादुर पाण्डे र बलराम सुवेदी विजयी हुनुभएको छ भने कोषाध्यक्षमा बिक्रम बाडे निर्वाचित हुनुभएको उपमहासचिव प्रदीप आचार्यले जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गर्नुभएको थियो । उद्घाटन सत्रमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रको साझा समस्याको सूची र समाधानको उपाय उपलब्ध गराउन अनुरोध गर्दै ती सुझाव आफूले क्रमश कार्यान्वयान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जब जब केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्छ त्यसपछि पर्यटन क्षेत्रमा गौरवम परियोजनाहरूको सुरूवात भएको स्मरण गर्दै देशको पर्यटन क्षेत्रको विकास र विस्तारमा एमालेमात्रले प्रभावकारी नेतृत्व गर्न सक्ने बताउनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले आफू पर्यटनमन्त्री हुँदा पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि पहल गरेको स्मरण गर्नुभयो । उहाँले भोलिका दिनमा पनि पर्यटन क्षेत्रको चुनौति सामना गर्न आफू नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनसँगै हुने बताउनुभयो ।

संगठनका इन्चार्ज सिएन पाण्डेले नेपाल सरकारले पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी २० लाख पर्यटक ल्याउने घोषणा गरेपछि निजीक्षेत्रले उत्साहित हुँदै अर्बौ लगानी गरेको बताउनुभयो । उहाँले हाल पर्यटन क्षेत्रमा ४० लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटन क्षेत्रको भौतिक पूर्वाधार तयार भएको र जम्मा १० लाखमात्र पर्यटक नेपला भित्रिदाँ समस्याग्रस्त भएको उल्लेख गर्नुभयो । नाट्टाको पूर्व अध्यक्ष समेत रहनुभएको पाण्डेले त्यसको समाधानका लागि राष्ट्रिय ध्वजाबाहकलाई लिज पर्चेचमा जहाज ल्याउन मिल्ने गरी कानुनी व्यवस्था गरेर नेपालमा पर्यटकको सहज आवागमनका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यसमितिको पूरा सूची तल हेर्नसक्नुहून्छ ।

CamScanner 01-10-2025 16.38
CamScanner 01-10-2025 16.38
CamScanner 01-10-2025 16.38

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १७:१०