रवि लामिछाने ६५ लाख धरौटी बुझाएर रिहा
२५ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि रिहा हुनुभएकाे छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छोडिएको हो । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
लामिछाने अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल लैजाने बताइएको छ । अस्पतालमा स्वास्थ्य परीक्षणपछि उहाँलाई पार्टीको जिम्मा लगाइने बताइएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौँबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार २०:३९