१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नयाँ नेपाल लघुवित्तको सेयर बुधबारदेखि लिलामीमा

१६ पुस, काठमाडौँ । नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर बुधबारदेखि लिलामीमा बिक्रि खुला हुने भएको छ । कम्पनीले यसअघि बिक्रि खुला गर्दा नबिकेको सेयर सर्वसाधारणले किन्न पाउने गरी लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर बोल कबोलमा भाग लिनुपर्नेछ । यसको लागि आवेदन दिने अन्तिम म्याद पुस २५ गतेसम्म हो । आइतबार यसको सेयर प्रतिकित्ता ६५२ रुपैयाँमा कारोबार भएको थियो ।

नयाँ नेपालले मंसिर १३ गतेदेखि २० गतेसम्म सर्वसाधारण समुहको १७ हजार २६० कित्ता र संस्थापक समुहको ८६ हजार ९३ कित्ता सेयर लिलामीमा ल्याएको थियो । जसमा सर्वसाधारण समुहको सबै सेयर बिक्रि भएको थियो भने संस्थापकतर्फको ४७ हजार ७ सय ७३ कित्तामा आवेदन परेको थिएन । यसको बिक्रि प्रबन्धक एनएमबी क्यापिटल हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नयाँ नेपालले २१ लख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ छ ।

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार १५:४१