२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

काठमाडौँको सीडीओमा ऋषिराम तिवारी, विवादित आचार्य मन्त्रालय तानिए

२२ पुसु काठमाडाैँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई गृहमन्त्रालय सरुवा गरिएको छ। यस्तै, गृहमन्त्रालयका प्रवक्ता समेत रहनुभएका ऋषिराम तिवारीलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

यसैगरी, कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ। यस्तै, गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओ बनाइएकाे छ भने गृह मन्त्रालयका सहसचिव तुलसी बहादुर श्रेष्ठलाई सर्लाहीको सीडीओ बनाएर पदस्थापना गरिएको छ ।

यसैगरी, मोरङका सीडीओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ । यस्तै, गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई मोरङको सीडीओ बनाएर पठाइएको छ । यस्तै, झापाका सीडीओ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

यसैगरी, सर्लाहीका सीडीओ गोपाल कुमार अधिकारीलाई झापा सरुवा गरिएको छ । यस्तै, दाङका सीडीओ शावित्रा पुनलाई सल्यान र सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

प्रकाशित मिति : January 6, 2025 at 8:58 pm