१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एनआईसी एशिया बैंकमा ६०० जनाका लागि रोजगारीको अवसर (यसरी दिनुहोस निवेदन)

१५ पुस, काठमाडाैँ । एनआईसी एशिया बैंकले ६ सय कर्मचारी एकैपटक माग गरेको छ। बैंकले आइतबार सूचना जारी गरी ६ सय कमर्चारी आवश्यक भएको भन्दै आवेदन माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्नको लागि नयाँ कर्मचारी माग गरेको छ ।

बैंकले विभिन्न ५ पदका लागि नयाँ आवेदन खुला गरेको हो। बिजनेश भर्टिकल, सपोर्ट सर्भिस भर्टिकल, कन्ट्रोल भर्टिकल र चार्टर्ड एकाउन्टेन्ट पदमा एक-एक सय जना कर्मचारी माग गरेको हो। यसैगरी हस्पिटालिटी सर्भिसतर्फ भने २ सय जना कर्मचारी माग गरेको हो। यी सबै पदमा आगामी फेब्रुअरी १ सम्म अनलाइन मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार २१:५२