२० पुष २०८१, शनिबार | Sun Jan 5 2025

नेप्सेमा ७ कम्पनीको सेयरमूल्य समायोजन

१५ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०मा ७ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीलेहरूले सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।

कृषि विकास बैंकको गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३२४.१७ रुपैयाँ कायम भएको छ ।

यस्तै, महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात् प्रतिकित्ता ३७७।६७ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३८९ रुपैयाँ थियो ।

मितेरी डेभलपमेन्ट बैंकको पनि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात् बैंकको सेयरमूल्य प्रतिकित्ता ६३५.३९ रुपैयाँ कायम भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई ९.५०७९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

यसैगरी, चिलिमे जलविद्युत कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१८.१८ रुपैयाँ कायम भएको छ । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

यस्तै, छिमेक लघुवित्तले घोषणा गरेको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात् कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८६१.२० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आत्मनिर्भर लघुवित्तको आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५ हजार ७१५.५४ रुपैयाँ कायम भएको छ ।

यस्तै, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार ३७८ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १६:४७