१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

सामान्य अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

 ११ पुस, काठमाडौँ । बिहिबार नेप्से सामान्य अंकले बढेको छ । नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ।

बिहीबार कारोबार रकम पनि बढेको छ । गत कारोबारको दिन अर्थात् मंगलबार ५ अर्ब २० करोडको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ३२ करोडको सेयर कारोबार भएको छ।

बिहीबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ।

यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः पाँच हजार ९३७ रूपैयाँ ४० र तीन हजार ९८५ रूपैयाँ ९० पैसा कायम भएको छ।

बिहीबार चार कम्पनीको मूल्य सर्किट लेभलमा घटेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ भने जोशी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले घटेको छ।

बिहीबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २४४ रूपैयाँमा ५० करोड ७७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९२६ रूपैयाँमा २२ करोड ३९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बिहिबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

 

प्रकाशित मिति : December 26, 2024 at 4:09 pm