भक्तपुरमा बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण, हत्या गरेको स्वीकारे
९ पुस, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटमा बुबा र छोराको हत्या भएको खुलेको छ ।
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।
उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । यसैक्रममा प्रहरीले उनका जेठा छोरा मिलनलाई आशंकासहित खोजी गरिरहेको थियो । उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको भने ।
उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : December 24, 2024 at 1:29 pm









