ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ: मुख्यमन्त्री कार्की
६ पुस, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा आज यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई जनजनमा पुर्याउन सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले विसं २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिनाभित्र पर्यटन मन्त्रालयद्वारा प्रदेशका सचिव, कर्मचारीसहित एकदिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिनुभयो ।
शिविरकी मोरङ सहसंयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्वबारे चर्चा गर्नुभएको थियो भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति : December 21, 2024 at 11:39 am









