१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

आज तीन संसदीय समितिको बैठक बस्दै

२ पुस, काठमाडौँ । मंगलबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।

बिहान ११:३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्दैछ । उक्त बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : December 17, 2024 at 9:46 am