२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

पत्रकार महासङ्घ ताप्लेजुङको अध्यक्षमा आचार्य

२९ मङ्सिर, ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शुक्रबार सम्पन्न अधिवेशनले आर्चायलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा सन्तोष पुर्कुटी र महिला उपाध्यक्षमा सङ्गीता कार्की चयन हुनुभएको छ । सचिवमा कृष्ण फुरुम्बो लिम्बू, सहसचिवमा साहारा लंवा लिम्बू र मनमाया लिम्बू (मनु), तथा कोषाध्यक्षमा मदन गौतम निर्वाचित भएको संयोजक पौडेलले बताउनुभयो ।

कार्यसमितिको सदस्यहरूमा सुनिता रसाइली, किरण विक, तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बो, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली रहनुभएको छ ।

यसैगरी प्रदेश परिषद् सदस्यमा दिनेश लिङखिम, सुर्यकुमार लिम्बू (आलोक) र केन्द्रीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास)निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिबीच सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिइएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार ११:४२