३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

२८ मंसिर, काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सरेको छ ।

 शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।

खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १६:१०